लमजुङ । मर्स्याङ्दी नदीमा पानीको बहाव घट्दै जाँदा मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट २५ मेगावाट विद्युत् उत्पादन घटेको छ । बेसीशहर नगरपालिका–१ दलालमा रहेको जिल्लाको पहिलो ७० मेगावाट क्षमताको सो आयोजनाको उत्पादन ४५ मेगावाटमा झरेको छ ।
आयोजनामा ३५/३५ मेगावाट क्षमताको दुई वटा टर्वाइन रहेका छन् । आयोजनाका प्रमुख शिवकुमार शाहले भने, “पानी कम भएकाले मङ्सिरको पहिलो साताबाट विद्युत् उत्पादन घट्न थालेको र अझै विद्युत् उत्पादन घट्ने क्रममै रहेको छ । ”
सन् २००८ मा रु २७ अर्ब २० करोड लागतमा निर्माण कार्य सम्पन्न भएको थियो । यसैगरी ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन समेत घट्न थालेको आयोजनाले जनाएको छ ।
प्रतिकृया दिनुहॊस