काठमाडाै । भ्रष्टाचार अभियाेगमा गुठी संस्थान प्रधान कार्यालय, त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
उनीहरूलाई अख्तियारले मंगलबार कार्यालयबाटै पक्राउ गरेको हो।विवादित जग्गामा अनियमितता गरेको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएकाे अख्तियार प्रवक्ता प्रदीपकुमार काेइरालाले बताए।
तपाईंको प्रतिकृया




