अनुष्का श्रेष्ठले जितिन् मिस वर्ल्ड मल्टिमिडिया अवार्ड

काठमाडौँ ।  मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ मा मल्टिमिडिया अवार्ड जितेकी छन् । मल्टिमिडिया अवार्ड जितेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थक र शुभेच्छकलाई धन्यवाद दिएकी छिन् ।

लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा श्रेष्ठ शीर्ष ४० मा पर्दै दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ मा पुगेकी थिइन् । अब हुने फाइनल राउण्डमा उत्कृष्ट प्रस्तुति दिने उनले बताएकी छिन् । ६९ औँ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनाले यही शनिबार लण्डनकाे एक्सेलमा हुनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री