अज्ञात समूहले वडा कार्यालय भवनमा आगो लगायो

संखुवासभा । जिल्लाको मादी नगरपालिका–५ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ।  गएराती १२ बजेतिर गरिएको आगजनीका कारण कार्यालयको कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान जलेर नष्ट भएको मादी नगरपालिकाका मेयर विदुर सुब्बाले जानकारी दिए।

प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आगजनी गरेको हुनसक्ने मेयर सुब्बाले बताएका छन्। आगलागी गर्ने समूहले मादी–ओखरबोटे सडकखण्डमा काम गर्दै गरेको स्काभेटर समेत जलाएका छन्। आगजनीको घटनापछि अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

घटनास्थल र आसपासका क्षेत्रमा नेपाल प्रहरीका ५० र १५ जना ससस्त्र प्रहरी परिचालन गरिएको संखुवासभा प्रहरी प्रमुख डिएसपी मिम लामा बताए। आगजनीमा संलग्नहरुको खोजीकार्य भइरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस