५० हजार घुससहित दुई जना प्रहरी पक्राउ

जनकपुरधाम । सर्लाहीमा घुससहित दुई प्रहरीका पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस लिएको आरोपमा दुवैजना प्रहरीलाई मंगलबार पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिबासले जनाएको छ ।

सर्लाहीको त्रिभूवन नगर प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक राजेशकुमार सिंह र एरिया प्रहरी चौकीका घुमुवा प्रहरी जवान मनोजकुमार यादव भारतीय सीमा नाकाबाट नेपाल तर्फ घरायसी सामान भित्र्याउन सहज गराई दिने भनी सेवाग्राहीसँग ५० हजार घुस लिएको आरोपमा पक्राउ परेका हुन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री