काठमाडौँ । प्रहरीले अनलाइन ठगीबाट संकलन गरेको करिब १७ करोड रुपैयाँ फेला परेकाे जनाएकाे छ सर्वसाधारणलाई आकर्षक उपाहार र विदेशबाट सामान आएको बहानामा ठगी गर्ने गिरोहबाट उक्त रकम फेला पारेको जनाएकाे हो ।
प्रहरीका अनुसार दर्जन बैंक, वित्तीय संस्थामा जम्मा गरेको अवस्थामा भेटिएको हो। महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार विभिन्न दर्जन बैंक तथा वित्तीय संस्थामा रहेका खातावाला शंकास्पद व्यक्तिका नाममा रकम भेटिएको हो।
पत्रचार गरेर यसको आवश्यक अनुसन्धान अगाडि बढाएकाे एसएसपी थापाले बताए । यस सम्बन्धी आजै पत्रकार सम्मेलनमार्फत थप विवरण सार्वजनिक गर्ने प्रहरीले तयारीसमेत गरेकाे छ।
तपाईंको प्रतिकृया




