लिभरपुल, चेल्सी, नापोली, बोरुसिया डर्टमण्ड, लियों र भ्यालेन्सीया नक आउट चरणमा

काठमाडौं । शीर्ष क्लबहरु लिभरपुल, चेल्सी, नापोली, बोरुसिया डर्टमण्ड, लियों र भ्यालेन्सीया युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा उक्लिएका छन् । गएराती भएको खेलमा फ्रेन्च क्लब लिल्लाई २–१ ले हराउँदै चेल्सी समुह ‘एच’ को उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा प्रवेश गर्‍यो ।

यो समुहबाट विजेता बन्दै भ्यालेन्सीया नक आउट चरणमा पुग्दा गत सिजनको उपविजेता नेदरल्याण्ड्सको आयाक्स समुह चरणबाटै बाहिरियो । यसैगरी समुह ‘ई’ को खेलमा साल्जवर्गलाई २–० ले हराउँदै लिभरपुल अर्को चरणमा उक्लिएको छ । यही समुहको अर्को खेलमा ईटालीको नापोलीले बेल्जीयमको गेन्कलाई ४–० ले पराजित गर्‍यो ।

समुह ‘एफ’ को खेलमा स्पेनको बार्सिलोनाले इटालीको इन्टर मिलानलाई २–१ ले हराउँदा जर्मनीको बोरुसिया डर्टमण्डले चेक गणतन्त्रको स्लाभिया प्रागमाथि २–१ कै जित निकाल्यो । यो समुहबाट बार्सिलोना र डर्टमण्डा अर्को चरणमा उक्लिए ।

समुह ‘जि’ का खेलहरुमा पोर्चुगलको बेनिफिकाले रुसको जेनिथलाई ३–० ले हराउँदा फ्रान्सको लियोंले जर्मनीको आर.बी लेप्जीगसँग २–२ गोलको बराबरी खेल्यो ।च्याम्पियन्स लिग फुटबलअन्तर्गत समुह चरणका अन्तिम आठ खेलहरु आज राती हुनेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप