काठमाडाैँ । रिलायन्स फाइनान्सले एघारौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदाहित्वअन्तर्गत पोखराका पोखरेली दिदिबहिनी समुहलाई सडक वत्ति वितरण गरेको छ। एक कार्यक्रमकाबीच पोखरा शाखाका शाखा प्रमुख प्रकाश पौडेलले समहुकी अध्यक्ष शान्ति क्षेत्री बानियाँलाई उक्त वत्ति हस्तान्तरण गरे।
कार्यक्रममा शाखा प्रमुखले फाइनान्सबाट संचालित कार्यक्रम नाफाका लागि मात्र नभएर लोककल्याणकारी कार्यका लागि पनि महत्व राख्ने बताए। रिलायन्स फाइनान्सले प्रधान कार्यलयसहित ११ वटा शाखा कार्यालयबाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा लगायतका सुविधाहरु प्रादना गरेको फाइनान्सका शाखा प्रमुख प्रकाश पौडेलले जानकारी दिए।
तपाईंको प्रतिकृया



