काठमाडौं । नेपालमा मंसिर १५ बाट सुरु भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आज सकिँदैछ । १३ औं सागअन्तर्गत आज विभिन्न खेलका फाइनल खेलहरू हुनेछन् ।
साग काठमाडौं, पोखरा र जनकपुरमा सञ्चालन भएको थियो । दक्षिण एसियाका ७ राष्ट्रले विभिन्न २६ खेलमा सहभागिता जनाएको थियो ।
प्रतियोगितामा कुल ३ सय २४ स्वर्णसहित १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा भएको हो । पदक तालिकामा अन्तिमदिन सम्म भारत १ सय ७२ स्वर्णसहित शीर्ष स्थानमा छ । आयोजक नेपाल ४९ पदकसहित दोस्रो स्थानमा छ ।
आज अन्तिम दिन फुटबल खेलको फाइनलसँगै साग समापन हुने राष्ट्रिय खेलकुद परिष्द जनाएको छ ।
तपाईंको प्रतिकृया



