प्रभु बैंकले ल्यायाे ‘प्रभु स्पेशल सेभिङ्ग खाता’

काठमाडौं । प्रभु बैंकले ब्रटिस सरकारको सैनिक सेवामा कार्यरत तथा भुतपुर्व सैनिकहरुको ‘प्रभु स्पेशल सेभिङ्ग खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले गोर्खा सत्याग्रह समिति नेपालसँग सम्झौता गरी उक्त खाता सञ्चालनमा ल्याएको हो । उक्त सम्झौतापत्रमा गोर्खा सत्याग्रह समिति, नेपालकातर्फबाट अध्यक्ष कृष्ण बहादुर राई र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरे।

प्रभु स्पेशल सेभिङ्ग खाता खोल्ने ब्रिटिश सैनिक सेवामा कार्यरत तथाभुतपुर्व ब्रिटिस गोर्खा सैनिकहरुले शुन्य मौज्दातमा यो खाता खोल्न सक्नेछन् । वार्षिक ६.५ प्रतिशत ब्याज प्रदान गरिने उक्त खातामा बैंकको नियमानुसार ब्याजदर परिवर्तन हुन सक्नेछ ।

युपिआई कार्डको सेवाशुल्क(पहिलो वर्षको लागिमात्र) चेकबुक, एबिबिएस शुल्क, ब्यालेन्स सर्टिफिकेट, गुडफर पेमेण्ट शुल्क, बैंक स्टेटमेण्ट, चेक स्टप शुल्क तथा अनलाईन बैंकिङ्गदर्ता गर्दा लाग्ने सेवाशुल्क निःशुल्क प्राप्तहुनेछ ।

यो सम्झौताबमोजिम खाता खोल्ने ब्रिटिश सैनिकमा कार्यरत सैनिक तथा भुतपुर्व ब्रिटिश गोर्खा सैनिकहरुले लकर सेवा बापत लाग्ने शुल्क, ड्राफ्ट, ट्राभल कार्ड तथा मोबाईल बैंकिङ्ग उपभोग गरे बापत लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट समेत प्राप्त गर्नेछन् ।

साथै, स्पेशल प्रभु सेभिङ्ग खातामा सम्बन्धित सैनिकको पहिलो पटक पेन्सन जम्मा हुनासाथ सम्बन्धित सैनिकको ६ महिनाको पेन्सन रकम बराबर वा ५ लाख रुपैयाँमध्ये जुनकम हुन्छ सो रकमसम्म व्यक्तिगत कर्जा शीर्षक अन्तर्गत विनाधितो कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था समेत रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाण्डौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन …

प्रतिकृया दिनुहॊस