कुवेती दिनार, ओमानी रियाल र वनको भाउ बढ्यो, अरु मुद्रा स्थिर

काठमाण्डौ । सोमबार कुवेती दिनार, ओमानी रियाल र कोरियन वनको भाउ केही बढेको छ । अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ भने स्थिर छ । सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११४ रुपैयाँ २१ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११४ रुपैयाँ २१ पैसा नै रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा रहेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा नै रहेको थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेको थियो ।

ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ८६ पैसा रहेको छ । हिजो आइतबार खरिददर २९५ रुपैयाँ ९६ पैसा रहेको थियो । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा छ । हिजो पनि खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा नै रहेको थियो

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३१ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा तोकेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ३१ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा नै रहेको थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा रहेको थियो ।

सोमबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ २५ पैसा रहेको छ । हिजो खरिददर ३७४ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७६ रुपैयाँ ३८ पैसा रहेको थियो ।  बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ९१ पैसा तोकेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ९१ पैसा रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री