काठमाडौंका सडकमा कसैले मागेर बस्‍नुपर्ने छैन : महानगर

काठमाडौं । काठमाडौं महानगरपालिका ‘सहयोगापेक्षी सडकमानवमुक्त महानगर’ घोषणा हुने भएको छ। महानगरपालिकाले २५औं महानगर दिवसको अवसर पारेर घोषणा गर्न लागिएको महानगरले जनाएको छ।

काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काठमाडौंको संयुक्त प्रयासबाट सहयोगापेक्षी सडकमानवमुक्त महानगर घोषणा गर्न लागिएको हो। महानगरपालिकाको ३ मंसिरमा बसेको ३८औं नगर कार्यपालिकाको बैठकबाट यससम्बन्धी निर्णय गरेको जनाएको छ।

महानगर र आश्रमको सहकार्यमा विगत दुई वर्षदेखि सडकमा रहेका बेवारिसे, मनोरोगी तथा असहायको उद्धार गरी पालनपोषण, औषधोपचार तथा परिवारमा पुनर्मिलन गराउने कार्य हुँदै आएको छ। महानगरले अबको केही हप्तामा सहयोगापेक्षी मानवमुक्त महानगर घोषणा गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री