सुनको भाउ तोलामै ८ सय बढ्यो

काठमाडौं । सुनको भाउ एकैदिन तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । पछिल्लो केही दिन घटेको सुनको भाउ मंगलबार स्थिर थियो । तर बुधबार फेरि एकाएक वृद्धि भएको हो ।

यस्तै, तेजाबी सुनको भाउ पनि प्रतितोला ८ सय रुपैयाँले बढेर ७१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुनको भाउ ७१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेर ८ सय ६५ रुपैयाँ पुगेको छ ।

मंसिर महिना विहेको सिजन हो । यो बेलामा सुनको माग बढी हुन्छ । यसले पनि सुनको भाउ बढाउन सहयोग गरेको हो । यद्दपि, सुनको मूल्य अन्तर्राष्ट्रिय बजारकै आधारमा निर्धारण हुन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री