बुधबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो

काठमाण्डौ । बुधबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ । बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८  पैसा तोकेको छ । हिजो डलरको खरिददर ११४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९५  पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा रहेको थियो ।

ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ७४ पैसा रहेको छ । हिजो खरिददर २९६ रुपैयाँ २१ पैसा रहेको थियो । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा रहेको थियो ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४० पैसा र बिक्रीदर २७ रुपैयाँ ५४ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा रहेको थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा रहेको थियो ।

बुधबार कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ५२ पैसा रहेको छ । हिजो खरिददर ३७६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ०६ पैसा रहेको थियो । बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ९८ पैसा तोकेको छ । हिजो खरिददर ३०३ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ९० पैसा रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस