सिभिल बैंक र हेल्भेटास स्वीस बिच सम्झौता

काठमाडौं  । सिभिल बैंक र हेल्भेटास स्वीस इन्टरकर्पोरेशन, नेपालबीच कृषिको आधुनिकीकरण तथा बजारीकरणमा सहकार्य गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र हेल्भेटास स्वीस ईन्टरकर्पोरेसन नेपालको तर्फबाट राष्ट्रिय निर्देशक डा. भरत कुमार पोखरेलले हस्ताक्षर गरे ।

उक्त सम्झौता अनुसार हेल्भेटास स्वीस ईन्टरकर्पोरेसन नेपालले प्रदेश नं. २ र कर्णालीप्रदेश भित्रका स्थानीय कृषकहरुलाई प्राविधिक तालिम प्रदान गर्नुका साथै कृषि बजारलाई व्यवस्थित गर्न कार्यगर्ने छ, भने बैंकले वित्तीय साक्षरता प्रदान गर्दै उक्त क्षेत्रमा शाखा रहित बैकिङ्ग सेवा मार्फत बैकिङ्ग सेवा प्रदान गर्ने छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

४१ मेगावाटको सुपर बागमतीमा ३ बैंकको साढे ६ अर्ब बढी लगानी

काठमाडौं । सुपर बागमती हाइड्रोपावर लि. निर्माण अघि बढ्ने भएको छ । ३ बैंकबाट लगानी …

प्रतिकृया दिनुहॊस