जनता बैंकद्वारा लुम्बिनी नेत्र विज्ञान र वैद्यनाथ वेदविद्याश्रमलाई आर्थिक सहयोग

काठमाडौं । जनता बैकले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानलाई ४ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । उक्त आर्थिक सहयोग आँखा उपचार सम्बन्धी क्रोनियल टोपोग्राफी मेसिन खरिद गर्ने प्रयोजनका लागि सो रकम दिएको हो ।

सहयोग रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका अध्यक्ष सागर प्रताप राणालाई हस्तान्तरण गरे ।

यसैगरी, बैंकले सुदुरपश्चिम प्रदेशको अछाममा रहेको श्री वैद्यनाथक्षेत्र विकास संस्थालाई अक्षयकोष प्रयोजनार्थ २ लाख ५१ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

उक्त रकमको चेक प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले श्री वैद्यनाथक्षेत्र विकास संस्थाका संस्थापक संरक्षक सुरतबहादुर थापा र संरक्षक तथा पूर्व प्रहरी महानिरिक्षक मोतिलाल बोहरालाई हस्तान्तरण गरे । उक्त सहयोग रकम विद्याश्रममा अध्ययनरत वटुकहरुको सहयोगको लागि खोलिएको अक्षय कोषमा जम्मा गरिनेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । …

प्रतिकृया दिनुहॊस