कुलपुजाका लागि हिँडेको जिप दुर्घटनाहुँदा १४ जनाको मृत्यु

बागलुङ । गुल्मीबाट बागलुङको देविस्थानमा कुलपुजाका लागि हिँडेको जिप बडिगाड खोलामा दुर्घटनाहुँदा १४ जनाको मृत्यु  भएको छ । मृत्यु  हुनेमा  चालकसहित  ९ महिला, ४ पुरूष र एक बच्चा छन् । गुल्मीको इश्मा गाउँपालिकाबाट कूल पूजाका लागि गुल्मी जाँदै गर्दा कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा १८ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ३ जना घाइते र एक जना बेपत्ता भएका छन् ।

घटनाको थप  विवरण आउन बाँकी ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री