सुनको भाउ बढ्यो, कति छ मूल्य ?

काठमाडाैँ । साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतवार छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी नेपाली बजारमा आइतवार तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार, आइतवार चाँदीको भाउ भने स्थिर छ । चाँदी आइतवार प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री