लुम्बिनी जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच सम्झौता

काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र ह्याम्स हस्पिटल बीच शुक्रबार नगदरहित उपचार सम्झौता भएको छ ।

सम्झौता अनुसार इन्स्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बीमाको सुबिधा लिने ग्राहकहरुले उक्त हस्पिटलमा उपचार गरेमा बीमालेखले खामेसम्मको उपचार बापतको रकम इन्स्योरेन्सले सिधै हस्पिटललाई भुक्तानी दिनेछ ।

यसबाट इन्स्योरेन्सका ग्राहकहरुले रकम अभावमा उपचारबाट बञ्चित हुनु नपर्ने साथै हस्पिटललाई रकम भुक्तानी गरिरहनु नपर्ने भएकोले त्यसबाट ग्राहकहरुलाई निकै राहत मिल्ने कम्पनीले जनाएकाे छ ।

सम्झौतामा कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत बि.के. श्रेष्ठ र हस्पिटलका तर्फबाट चिफ अपरेटिङ अफिसर श्रीमती सची रेग्मीले हस्ताक्षर गरिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस