जारको पानी पनि पिउन अयोग्य, मापदण्ड नै पूरा नगरी बजारमा

काठमाडौं । ‘जारको पानी पिउनयोग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनु होला, जारको पानी पिउनयोग्य नभएको पाइएको छ । काठमाडौंका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी पानी बिक्री गर्दै आउको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लागेको हो । पर्याप्त प्रशोधनबिनै पानी बजारमा पठाइएको पाइएको छ । त्यस्तै, लामो समयदेखि मापदण्ड विपरीतका जारमा पानी बिक्री गरेको पत्ता लागेको अनुगमनमा संलग्न निकायले बताएको छ ।

यसक्रममा अधिकांश कम्पनीले न्यूनतम मापदण्ड र पूर्वाधार बिनै पानी बिक्री वितरण गरिरहेको पाइएको हो । राजधानी दैनिकबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री