कुमारी बैंकको नाफा ४८ करोड

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा बढाएको छ । बैंकले गत पुससम्म ४८ करोड रुपैयाँ खुदनाफा गरेको छ ।

 

गत आवको सोही अवधिमा बैंकले २७ करोड ९३ लाख रुपैयाँ मात्र नाफा गरेको थियो ।  बैंकको खराब कर्जा १.६१, निक्षेप लागत ७.८३, सीडी रेसियो ७६.८२, आधार ब्याजदर ११.१७ र स्प्रेड दर २.८ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंकले निक्षेप परिचालन बढाएर ५७ अर्ब ६८ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप ३९ अर्ब ९४ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि विस्तार भई ५० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

गत आवको सोही अवधिमा बैंकको कर्जा लगानी ३३ अर्ब ६५ करोड रुपैयाँ थियो । बैंकको संचित कोषमा २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । चुक्तापुँजी ५ अर्ब ९६ करोड रुपैयाँ मात्र छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

साईमेक्स इन्कले नेपालभर पूरा गर्‍यो सय युनिट बीवाईडी डेलिभरी

काठमाडौं । बीवाईडीको ३०औँ वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स …

प्रतिकृया दिनुहॊस