काठमाडौं । जगदम्बा मोटर्स प्रा.लि.ले नेपालमा आधिकारिक रुपमा बिक्रीवितरण गर्दै आएको अन्तर्राष्ट्रिय बजारमा अत्याधिक लोकप्रिय टु ह्वीलर मोटरसाईकल टिभिएस अपाचे सिरिज मुख्य प्रायोजक रहेको देशकै एक विशाल साँगीतिक कार्यक्रम टिभिएस अपाचे सिरिज सप्तरङ्ग सिजन २ ले सातवटै प्रदेशमा भव्य कार्यक्रम सम्पन्न गरेको छ ।
देशलाई सँगीतको माध्यमबाट जोड्ने प्रयासका साथ गत कार्तिक २० गतेदेखि शुरु गरिएको यो कार्यक्रम यही मंसिर ४ गते सुसम्पन्न भएको छ ।
भिजिट नेपाल २०२० लाई लक्षित गरी यस सागीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमालको साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई लगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुतिद्वारा उपस्थित दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।
सोही टिभिएस अपाचे सिरिज सप्तरङ्ग सिजन २ को साँगीतिक माहौल बीच युवा वर्ग माझ अत्यन्त कौतुहल रहेको टिभिएस अपाचे आरटिआर १६०२v रेस इदिसन दबल दिस्कको पनि सातवटै प्रदेशमा कार्यक्रममा सहभागी कलाकारहरु द्धारा सार्वजनिक गरिएको थियो ।
टिभिएस मोटर कम्पनीको लोकप्रिय टिभिएस अपाचे सिरिज अन्तर्गत रहेको अपाचे आरटिआर १६० २v रेस इदिसन दबल दिस्कको मुख्य आकर्षण डबल डिस्क ब्रेक, न्यू हाईग्रिप रिमोरा टायर, न्यू रेसिङ ग्राफिक, न्यू थ्रिडि हर्स लोगो ओभरस्क्वायर इन्जिन र डिजिटल डिस्प्ले हुन् ।
साथै यसको इन्जिन एयर कूल्ड छ र इलेक्ट्रिक÷किक स्टार्ट गर्न सकिने विशेषतायुक्त छ । यसैगरी ग्राउण्ड क्लिरेन्स १६५ मिमि रहेको यो अपाचे आरटिआर यो बाइक हाँक्दा थप आनन्दको अनुभूती प्राप्त हुनेछ ।
टिभिएस अपाचे सिरिज सप्तरङ्ग सिजन २ को साँगीतिक वातावरणमा झुम्न भेला भएका दर्शकहरुका सामू अपाचे आरटिआर १६० २v रेस इदिसन दबल दिस्क मोटरसाईकल सार्वजनिक गर्न पाउनु एक विशेष अवसर भएको बताउँदै जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष दीपक अग्रवालले भन्नु भयो नेपाली गीत संगीत र अन्य रमाइलो कार्यक्रमहरुको मज्जा उठाउन आउनु भएका दर्शकहरुले हाम्रो नयाँ मोटरसाईकल प्रति जुन उत्सुकता व्यक्त गर्नु भएको छ, र देशका उत्कृष्ट कलाकारहरु द्धारा अपाचे आरटिआर १६० २v रेस इदिसन दबल दिस्कसार्वजनिक गर्ने अवसर प्राप्त भयो ।त्यसबाट हामी सातवटै प्रदेशमा उत्साहित भएका छौं । हामीलाई विश्वास भएको छ कि सप्तरङ्ग सिजन २ कार्यक्रम जसरी सफलता पूर्वक सम्पन्न भएको छ, त्यसरी नै अपाचे आरटिआर सिरिजले पनि एक नयाँ रेकर्ड कायम गर्नेछ ।आजका युवा पुस्ताहरुको रुचीलाई मध्यनजर राखेर निर्माण गरिएको यो अत्याधुनिक मोटर साइकलमा सवार गरेर युवाहरु थप रोमाञ्चित हुनेछन् ।




