महालक्ष्मी विकास बेैंकद्वारा स्कूल ब्याग, स्टेसनरी सामग्री साथैट्राफिक जनचेतना मुलक बोर्डहरु हस्तान्तरण कार्यव्रmम सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको न्युरोड शाखाले इन्द्रावती गाउँपालिका – १२ भिमटारमा अवस्थित श्री ढोटरा आधारभूत विद्यालयमा अध्यनरत बालबालिकाको लागि स्कुल ब्याग लगायत स्टेसनरी सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

डा. उत्तम उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितीका पदाधिकारी र बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

त्यसैगरी, बैकको मसुरिया शाखाले प्राङ्गणमा आयोजित कार्यक्रमका बीच ट्राफिक जनचेतना सम्बन्धी बोर्डहरु सुदूर पश्चिम प्रदेशका ट्राफिक प्रहरीका प्रहरी उपरक्षीक लोकेन्द्र श्रेष्ठ र अस्थायी ट्राफिक प्रहरी पोष्ट मसुरियाका प्रमुख चक्र बहादुर मल्ललाई संयुक्त रुपमा हस्तान्तरण गरेको थियो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस