विद्यालयका व्यवस्थापन अध्यक्षविरुद्ध जबरजस्ती करणीको मुद्धा

बागलुङ । स्थानीय ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पृथ्वी हिरण्य माबि अमलाचौर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाबहादुर बिकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ।  बागलुङ नगरपालिका–१२ अमलाचौरका बिकले महिलालाई जर्बजस्ती गरेको भन्दै पीडितले एकसाता अघि जिल्ला प्रहरीमा उजुरी दर्ता गरेकी हुन्।

तर साता दिन बित्दा पनि प्रहरीले उनलाई पक्राउ गरेको छैन्। प्रहरी नायब उपरिक्षक झबिन्द्रप्रसाद भट्टराईले बिक फरार रहेकोले खोजी भैरहेको बताए।  सात महिनाअघि जबरजस्ती गरेपछि पिडितले गर्भ बोकेकी थिइन्। गर्भ बढ्दै गएपछि बिकले ती महिलालाई गर्भपतन गराउन भैरहवासम्म लगेका स्रोत बताउँछ। गर्भपतन गराउन सम्भव नभएपछि फिर्ता आएका बिकले केही रकम दिएर घटना मिलाउन खोजेपछि पिडित महिला प्रहरीमा आइपुगेकी हुन्। ‘मलाई ५०/६० हजार रुपैया दिएर मिलाउन खोजेका थिए’ उनले भनिन्, ‘मेरो ज्यानै खतरा पारेर मैले पैसा लिन मानिन्।’

पीडितको परिवार तथा माइती पक्षमा पनि पैसा दिएर घटना मिलाउन खोजेको परिवारका एक सदस्यले बताए। उनले जबरजस्ती करणीविरुद्ध मुद्दा दिएपछि बिकले पीडित र उनको परिवारलाई डरधम्की दिइरहेको पीडितले बताइन्।  मुद्धा दिएमा पिडितको परिवारलाई मार्ने सम्मको धम्की दिएपछि सदरमुकाम आएर प्रहरीमा सुरक्षा समेत मागेका थिए।

मुद्धा दर्तापछि बिक मोबाईल छाडेर फरार भएकोले खोज्न समस्या भएको भट्टराईले बताए। ‘मोबाईल साथमा भएको भए खोज्न सकिन्थ्यो, नभएकोले भेटाउन सकिएन’ उनले  भने, ‘प्रहरीले भने खोजी गरिरहेको छ।’ ज्यान मार्ने धम्की दिएको अडियो रेकर्ड समेत पीडितले प्रहरीमा बुझाएका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस