गुडिरहेको ट्याक्टरको दुवै चक्का फुस्किएर दुर्घटना, चालकको मृत्यु

काठमाडौँ । महोत्तरीको बर्दिबास नगरपालिका–३ पाटुमा बुधबार बिहान ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–७ का ३० वर्षीय दिनेश सिंह दनुवार छन् ।

सिन्धुलीबाट बर्दिबास बजारतर्फ जाँदै गरेको ना२त ८९३२ नम्बरको ट्याक्टर अनियन्त्रित भई विहान सवा ६ बजे पल्टिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका अनुसार ओरोलो बाटोमा अचानक ट्याक्टरको अगाडिको दुवै चक्का फुस्किएपछि अनियन्त्रित भएर खसेका चालकलाई टेलरले किचेको थियो ।

दनुवारलाई उद्धार गरेर बर्दिबासस्थित शुभ स्वस्तिक अस्पताल ल्याइएका दनुवारको उपचारको क्रममा मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री