भ्रमण वर्ष २०२० लाई सफल पार्न ४० मुलुकका पर्यटन मन्त्रीलाई निम्ताे

काठमाडाैं । सरकारले नेपाल भ्रमण वर्ष, २०२० लाई सफल पार्न तीव्र रुपमा काम गरिरहेकाे जनाएकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष, २०२० लाई सफल पार्न विभिन्न ४० मुलुकका पर्यटन मन्त्रीलाई निमन्त्रणा पठाइएको जानकारी दिए ।

विभिन्न मुलुकका मन्त्रीसँग पर्यटन प्रवर्द्धनका विषयमा विचार आदानप्रदान गरिने उनले बताए । भ्रमण वर्षलाई लक्ष्य गरी विश्वका विभिन्न चर्चित व्यक्तित्व तथा राजनीतिक व्यक्तित्वलाई समेत निमन्त्रणा गरिएको मन्त्री भट्टराईले बताए । “काठमाडौँसहित सात प्रदेश र विदेशी कूटनीतिक नियोगमा समेत आगामी जनवरी १ तारिखका दिन राष्ट्रिय महोत्सवका साथ कार्यक्रम गरिनेछ”, काठमाडाैंमा आयाेजित कार्यक्रममा उनले भने ।

मन्त्री भट्टराईले सन् २०२० को जनवरी १ तारिखका दिन भ्रमण वर्षको भव्य सुरुवात गरिने र त्यसमा राजनीतिक दल, पर्यटन व्यवसायी, कर्मचारीलगायतको सहभागिता रहने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले सीता दाहालको नाममा कलेज खोल्ने

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साईन्स …

प्रतिकृया दिनुहॊस