फ्रेञ्च लिगमा पीएसजीकाे जित, नेयमार मैदान फर्किए

काठमाडाैं । फ्रेञ्च लिग वानमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) विजयी भएको छ । पीएसजीले लिललाई २-० ले पराजित गर्दै लिगमा ११ अंकको अग्रता लिएको छ ।

गएकाे अक्टोबरमा घाइते भएपछि नेयमार पहिलो पटक मैदानमा उत्रिएको खेलमा एञ्जेल डी मारिया र माउरो इकार्डीले एक-एक गोल गरे । नेयमार गत अक्टोबरमा ह्यामस्ट्रिङ इन्ज्युरीपछि मैदानमा फर्किन सकेका थिएनन् । इन्टरमिलानबाट लोनमा रहेका माउरो इकार्डीले १७औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । नौ खेल खेलेका इकार्डीले गोल संख्या १० पुर्‍याएका छन् ।

३१औं मिनेटमा डी मारियाले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा जुलियन ड्राक्सलरले सुन्दर मौका गुमाउँदा पीएसजीले तीन गोलको अग्रता लिन सकेन । इन्ज्युरी समयमा पनि इडिन्सन कभानीको प्रहार क्रसबारमा लागेको थियो । जितसँगै पीएसजीले फ्रेञ्च लिग तालिकामा १४ खेलबाट ३३ अंक बनाएको छ । दोस्रो स्थानको मार्सेको १३ खेलबाट २२ अंक छ । लिल भने १९ अंकसहित सातौं स्थानमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds