काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । व्यवसाय शुभारम्भ गर्दा देखि नै घातक रोग उपचार सुविधा सहितका बीमा योजनाहरु बजारमा ल्याइ हाल सर्वाधिक संख्यामा घातक रोग उपचार सुविधा दिने नेपालको एकमात्र कम्पनीको रुपमा आफ्नो अलग्गै पहिचान बनाएको छ ।
व्यवसाय तथा लगानी बृद्धी, संचालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीले पहिलो त्रयमासमा जगेडा कोषमा समेत ७३ प्रतिशतले बृद्धी भइ २४.८० करोड कायम हुन गएको देखिन्छ । त्यसैगरी, ३०५ प्रतिशतले बृद्दी भइ ९१.४६ करोडको जिवन बिमा कोष खडा भएको छ ।
जीवन बिमा कम्पनीको बलियो आधार तथा एक महत्वपुर्ण सूचकको रुपमा जीवन बिमा कोषलाइ लिइन्छ जसको कारणले बिमितहरुले पाउने बोनसदरमा समेत सकारात्मक प्रभाव पार्ने र कम्पनीको बोनस दर आकर्षक हुन गई आगामी दिनमा ज्योति लाइफका बिमितहरु लाभान्वित हुनसक्ने देखिन्छ ।
प्रतिकृया दिनुहॊस