काठमाडौं । तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्का पक्राउ परेका छन् । अमेरिकन आधुनिक हतियारसहित कात्तिक १४ मा पक्राउ परेका नेपालगञ्ज नगरसभापतिलाई भने अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा फरार रहेको आरोपमा खड्कालाई काठमाडौंबाट पक्राउ गरिएको हो ।उनी अपहरण परेको भनेर फोन आएपछि प्रहरी टोली खोजीमा जुटेको थियो । उनले प्रयोग गर्ने मोबाइल ट्र्याकिङ गर्दै प्रहरी गोंगबुको एक होटलमा पुग्यो र खड्कालाई फेला पार्यो । सोधपुछको क्रममा उनले आफूले अपहरणको नाटक गरेको प्रहरीलाई बताए ।
इलाका प्रहरी कार्यालय, कोहलपुरबाट प्राप्त पत्रअनुसार खड्कालाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, २६ असोजमा खुकुरी प्रहार गरिएका लोकेन्द्र शाहीको घटनामा खड्का प्रतिवादी थिए ।
यसअघि खड्कासँग इलाका प्रहरी कार्यालय, कोहलपुरका इञ्चार्ज डीएसपी हेमबहादुर शाहीले खसी मागेको अडियो सार्वजनिक भएको थियो । त्यस विषयमा शाहीमाथि छानबिन जारी छ ।
तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित ६ जना पक्राउ परेपछि अडियो सार्वजनिक हुँदा प्रहरी र खड्का समूहको विवाद सतहमा आएको थियो ।
शाहीमाथि छानविन सुरु भएको केहीदिनपछि काठमाडौं आएर उनले केही सञ्चारकर्मीसँग आफू प्रहरीबाट असुरक्षित भएको दाबी गरेका थिए ।
उता, हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह भने पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत, बाँकले सोमबार शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार, शाहसँगै पक्राउ परेका अन्य तीन जनालाई भने रु एक लाख ५० हजार धरौटी माग गरिएको छ । सरकारी वकिल कार्यालयले गत शुक्रबार नगर सभापति शाहसहित चार जनालाई हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
उनीहरुविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि सोमबार अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । शाहसहित पक्राउ परेका माधव नेपाली, प्रितम थापा र यामबहादुर बुढामगरलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
शाह गत कात्तिक १४ गते राति साढे ८ बजे बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा रहेको नमस्ते भिलेज रिसोर्टबाट अमेरिकन आधुनिक पेस्तोल र गोलीसहित पक्राउ परेका थिए ।
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।
प्रतिकृया दिनुहॊस