महिला उद्यमी भेला काठमाण्डौमा

काठमाण्डाै  । महिला उद्यमी महासङ्घ नेपालले यही मङ्सिर ३ र ४ गते काठमाण्डौमा महिला उद्यमी भेला गर्ने भएको छ । यो भेलामा महिला उद्यमीले सञ्चालन गरेका उद्योगको अवस्था, बर्सेनि बढी रहेको व्यापार घाटा न्यूनीकरण गर्न उनीहरुले निर्वाह गर्नुपर्ने भूमिका, उद्यमशीलताको विकासका लागि महिलाको सहभागितालगायत विषयमा छलफल गरिने छ ।

देशका विभिन्न भागबाट आएका महिला उद्यमीबीच मङ्सिर ३ गते विभिन्न उद्योगको अवस्था तथा १०० महिला उद्यमीको छलफल गरिने संस्थाका सदस्य रम्भा श्रेष्ठले जानकारी दिए । मङ्सिर ४ गते प्रज्ञा प्रतिष्ठानमा एक हजार महिला उद्यमीको भेला गरिने छ ।

करिब डेढ दशक अगाडि स्थापना भएको यो संस्थाले औद्योगिक नीति निर्माण तथा निर्णय प्रक्रियामा महिला उद्यमीको हक अधिकारका बारेमा वकालत गर्दै आएको छ । महिला उद्यमीको विकास एवं प्रवर्द्धनका लागि सक्रिय रहेको यो संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्वदेशी उत्पादनको प्रवर्द्धनसमेत गर्ने गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिजीले ल्यायो बीएलडीसी सिलिङ फ्यान बजारमा

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्राण्डले पनि बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बीएलडीसी सिलिङ …

प्रतिकृया दिनुहॊस