नेपाल बैंकद्वारा २ अर्ब ५० करोडको ऋणपत्र निष्काशन

काठमाडौं । नेपाल बैंक लिमिटेडले २ अर्ब ५० करोड बराबरको डिबेन्चर वार्षिक १०% व्याज सहित सात वर्षको लागि निष्काशन गरेको छ । बैंकले डिबेन्चर निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बैंकको “१०% एनबिएल डिबेन्चर २०८३” २ अर्ब ५० करोड बराबरको डिबेन्चर १०% व्याज सहित सात वर्षको लागि निष्काशन गर्न लागेको हो । कूल २५ लाख कित्ता डिबेन्चर मध्ये १५ लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र १० लाख कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गरिने बैंकले जनाएको छ ।

उक्त कार्यको लागि नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठका बीचमा डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी एसिया बैंकमा भाखा नाघेको ऋण चुक्ता गर्नेलाई जरिवाना र हर्जाना छुट

काठमाडाैं । एन आई सी एशिया बैंकले २०८० चैत मसान्त सम्मका भाखा नाघेका ऋणीले सम्पूर्ण …

प्रतिकृया दिनुहॊस