दाङमा अत्याधुनिक हतियार फेला पर्यो

काठमाडौँ । दाङबाट कपिलवस्तु स्थानान्तरण गर्न लागिएको अत्याधुनिक हतियार छाडेर नेत्र विक्रम चन्द विप्लव नेतृत्व समूहका कार्यकर्ताहरु भागेका छन् । बेवारिसे अवस्थामा हतियार तथा गोली गठ्ठा फेला परेको प्रहरीको भनाइ छ ।

प्रहरीले निरन्तर निगरानीमा राखेको र छापा हान्न प्रहरी पुगेको सूचना पाउना वित्तिकै विप्लवका कार्यकर्ता हतियार छाडेर भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए ।
प्रदेश ५ प्रहरी, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोलीले शिवराज नगरपालिका – १ कालाकाटे क्षेत्रको एक खाली गोठमा लुकाएर राखेको अवस्थामा पाँच थान एसएमजी राइफल, १३ थान म्याग्जिन, त्यसमा लाग्ने ३९० राउण्ड गोली बरामद गरेको साहले बताए ।
सुटकेशभित्र पात पतिङ्गरले छोपेको अवस्थामा एसएमजी राइफल भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि राजपुर–४ मगरैनाबाट विप्लवका केन्द्रीय नेतासहित २१ जनालाई पक्राउ गरेको थियो ।

यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेशलाई दियो उच्च अदालतले निरन्तरता

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि …

प्रतिकृया दिनुहॊस