माल्टाको पोस्टमा स्पेनको ७ गोल

काठमाडौं । युरोकप छनोटमा स्पेनले माल्टालाई ७–० गोल अन्तरले हराएको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा स्पेनले माल्टमाथि फराकिलो जित निकाल्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

सान्टी काजोरलाले स्पेनका लागि चार बर्षमा पहिलो गोल गर्दा टिमले एकतर्फी जित निकालेको हो । आर्सनलका पुर्व मिडफिल्डर चोट मुक्त हुँदै गत बर्षमात्र फुटबलमा फर्किएका थिए ।

खेलमा अग्रता स्पेनले २३ औ मिनेटमा चेल्सीका पुर्व स्टार अल्भारो मोराटाको गोलबाट लिएको थियो । सान्टी काजोरलाले २४ औ मिनेटमा स्पेनको अग्रता दोब्बर बनाएका थिए ।

पाउ टोरेसले ६३ औ मिनेटमा स्पेनलाई ३–० ले अघि बढाए । लगत्तै अर्को मिनेटमा पाब्लो साराबियाले स्पेनका लािग चौथो गोल गरेका थिए ।

ड्यानी ओलमोले ६९ औ मिनेटमा गोल गर्दै स्पेनलाई ५–० ले अघि बढाए । ७१ औ मिनेटमा स्पेनले छैटौ गोल गर्यो । सो गोल जेरार्ड मोरेनोले गरेका थिए ।

खेल सकिन पाँच मिनेट बाँकी रहँदा जिसस नविसले गोल गर्दै स्पेनलाई ७–० को जित निकाल्न मदत गरे । टोरेस र ड्यानी दुवै बेन्चबाट मैदान छिर्दै गोल गरेका थिए ।

समूह एफको शीर्ष स्थानको स्पेनले ९ खेलबाट २३ अंक जोड्यो । माल्टा ३ अंक सहित समूहको पुछारमा रह्यो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वकप खेल्ने नेपाली टोली घोषणा, को-को परे टिममा ?

काठमाडौं । नेपालले वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ …

प्रतिकृया दिनुहॊस