काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले धनगढीको कैलालीमा सुदूर पश्चिम प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त कार्यालयको उद्घाटन सुदूर पश्चिम प्रदेशका माननीय मुख्य मन्त्री त्रिलोचन भट्टले गरे।
सुदुर पश्चिम प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक रणबहादुर चन्दको अध्यक्षतामा भएको बैंकको सो कार्यक्रममा ५ नम्बर प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक आन्नद सुवेदीले स्वागत मन्तब्य तथा ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा परशुराम नगरपालिका, डडेलधुराका मेयर भीमबहादुर साउद, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा, स्थानीय राजनीतिक दलका प्रतिनीधि, समाजसेवी, प्रहरी, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
तपाईंको प्रतिकृया




