काठमाडौं । सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरमा स्थानीय रामबाबु पासवानले आफ्नै श्रीमती कवितादेवी पासवानमाथि बन्चरो प्रहार गरी हत्या गरेका छन्।
पासवानकी श्रीमतीले मासु खानका लागि पैसा माग्दा उनीहरूबीच विवाद सुरू भएको थियो । त्यसै क्रममा पासवानले कवितामाथि बन्चरो प्रहार गरेका थिए।
हत्यापछि रामबाबु फरार छन्। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




