जनता बैंकको १४.४ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको आठौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष  केशवबहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न साधारणसभाले आ.ब. २०७३/०७४ को मुनाफाबाट चुक्ता पँुजीको १४.४ प्रतिशत बोनस सेयर वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ ।

जसअनुसार, बैंकले एक अर्ब ७० लाख ९१ हजार नौ सय ३५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । बोनस सेयर वितरण गरेपछि जनताको चुक्तापँुजी आठ अर्ब पुगेको छ । यससँगै जनता बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्तापुँजीको मापदण्ड पुरा गरेको छ ।

गत आ.ब. मा साविकका जनता बैंक नेपाल लि. त्रिवेणी विकास बैंक लि. र सिद्धार्थ डेभलपमेण्ट बैंक लि. एक आपसमा गाभिएर बनेको यस जनता बैंक नेपाल लिमिटेडको मर्जर पछाडीको यो पहिलो वार्षिक साधारणसभा हो । बैंकको हाल रु. ५२ अर्ब १७ करोड निक्षेप र रु. ४८ अर्ब ३९ करोड कर्जा कारोबार रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिकृया दिनुहॊस