सातवटा सुरुङमार्ग बनाउँने सरकारको तयारी, डीपीआरकाे काम जारी

काठमाडौं । सरकारले देशका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने तयारी गरेको छ । यसका लागि चालू आर्थिक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम सकिने र त्यसलगत्तै ती स्थानमा सुरुङमार्ग बनाउने सरकारको तयारी छ ।

सरकारले चित्लाङ, टोखा–छहरे, लामाबगर, सिद्धबाबा, खुर्कोटलगायतका सात स्थानमा सुरुङमार्गको डीपीआर बनाउने काम गरिरहेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका अनुसार हाल डीपीआरका लागि अध्ययनको काम भइरहेको छ ।

सरकारले सिद्धबाबा, थानकोट–चित्लाङ, कुलेखानी–भीमफेदी, गोदाबरी–मानेचौर, बुटवल–नारायणगढको दाउन्ने उकालोमा सुरुङमार्ग बनाउन अध्ययन गरिने जनाएको छ । यसैगरी, कैलालीको खुटिया–बीपीनगर–दीपायल, कास्कीको हेम्जा–नयाँपुल, दोलखाको लामाबगर, खुर्कोट–चियाबारीमा पनि सुरुङमार्गको निर्माणका लागि अध्ययन थाल्ने मन्त्रालय जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री