प्रधानमन्त्री ओलीको तेस्रो पटक डायलाइसिस गरिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आज डायलाइसिस गरिने भएको छ ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले आज मन्त्रिपरिषद् बैठक, नेकपाको सचिवालय बैठक र प्रधानमन्त्रीको डायलाइसिस पनि गर्नुपर्ने भएकोले समय निर्धारणको प्रयास भइरहेको जनाएका छन् ।

उनका अनुसार डायलाइसिस गर्नका लागि करिब ४ घण्टाको समय लाग्नेछ । प्रधानमन्त्री ओलीलाई गएको बुधबार अस्पतालमा भर्ना गरिएकोमा बिहीबार राति डिस्चार्ज गरिएको थियो । उनको अस्पतालमा हुँदा दुवै दिन डायलाइसिस गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंमा दिउँसै घरबाट गरगहना चोरी

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचोक हत्यमोचन मार्गमा शुक्रबार दिउँसो चोरी भएको छ । लक्ष्मी …

प्रतिकृया दिनुहॊस