काठमाडाैँ । ऊर्जा मन्त्रालयले माथिल्लो अरुण अर्धजलाशययुक्त आयोजनाको लाइसेन्स नेपाल विद्युत् प्राधिकरणलाई दिएको छ। संखुवासभामा निर्माण हुने आयोजनाको सर्वेक्षण अनुमति पत्र केही दिनअघि जारी भएको नेपाल विद्यत् प्राधिकरणले जनाएको छ।
मन्त्रालयले आयोजनाको जडित क्षमता १ हजार ६१ मेगावाट रहने गरी अनुमति पत्र दिएको हो । प्राधिकरणअन्तर्गतको सहायक कम्पनी अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेडले अनुमति पत्र पाएको हो ।
अघिल्लो वर्ष अद्यावधिक गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदनले आयोजना ७ सय मेगावाटमा बनाउन सकिने देखाएको थियो। असारमा प्राधिकरणले गरेको प्राजेक्ट अप्टिमाइजेसनअनुसार आयोजनाको जडित क्षमता १ हजार ४० मेगावाट हुने र यसबाट १ हजार ६० मेगावाट उत्पादन गर्न सकिने देखिएको हो।
तपाईंको प्रतिकृया




