काठमाडाै । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै रमाइलाे चहलपहल सुरु भएको छ । रमाइलाेसँगै विद्युतीय वत्तीको विक्रि बढेको छ । इलेक्ट्रिक पसलहरुमा अहिले ग्राहकको अाेइराे लाग्न थालेको छ।
तिहारमा ग्राहकले झिलिमिली बत्ती किन्दा एलइडी बल्ब भएका किन्नु राम्रो हुने व्यवसायीहरु वताउँछन् किनभने यी बल्ब भएका बत्तीहरु एक वर्षमै नबिग्रने भएकाले धेरै वर्ष प्रयोगमा ल्याउन सकिन्छ ।
एक पटकको तिहार सकिएपछि निकालेर राख्ने तथा अर्को तिहारमा त्यही प्रयोग गर्न मिल्छ । यस्ता बत्तीहरु आफैँ निभ्दै, बल्दै गर्छन् र चमकता पनि प्रदान गर्छन् ।
तिहारमा बत्तीकाे प्रयाेगमा सावधानी अपनाउनुपर्छ । बल्बहरु साना हुने भएकाले फुटेर टुक्राटाक्री भुईमा खस्न सम्भावना हुन्छ । त्यसैले बत्तीकाे छनाैट गर्दा र प्रयाेग गर्दा विशेषा ख्याल राख्नुपर्छ ।
तपाईंको प्रतिकृया



