मर्रेलाई युरोपियन ओपनको उपाधि

जेन्सी । ब्रिटिश खेलाडी एन्डी मर्रेले युरोपियन ओपन टेनिसको उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा स्विस खेलाडी स्टान वावरिन्कालाई पराजित गर्दै मर्रेले उपाधि जितेका हुन् ।

उपाधि जित्ने क्रममा मर्रेले वावरिन्कालाई ३-६,६-४ र ६-४ को सेटमा पराजित गरे । चोटमुक्त हुँदै कोर्टमा फर्किएका मर्रेले सन् २०१७ पछि पहिलो उपाधि जितेका हुन् ।

३२ वर्षे मर्रेले हिप इन्जुरीको कारण गत वर्षको अष्ट्रेलियन ओपनपछि खेलेका थिएनन् । उनले हिपको शल्यक्रिया गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री