यू–१९ : प्रारम्भिक टिमबाट ३१ खेलाडी छनोट

काठमाडौं । यू–१९ राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले प्रारम्भिक टिमबाट ३१ खेलाडी छनोट गरेका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले प्रारम्भिक टोलीमा बोलाएका ४८ खेलाडीबाट मुख्य प्रशिक्षक केसीले ३१ खेलाडी छनोट गरेका हुन् । प्रारम्भिक टिमबाट १७ खेलाडी बाहिरिएका छन् ।

नेपालले अर्को महिना एएफसी यू–१९ च्याम्पियनसिप छनोट खेल्दैछ । ईरानमा हुने प्रतियोगिता नोभेम्बर ९ बाट सुरु हुनेछ । अघिल्लो महिना नेपालमै भएको साफ यू–१८ खेलेका अधिकांश खेलाडी ३१ सदस्यीय टिममा अटाएका छन् । समुह डीमा रहेको नेपालले युएई, ईरान र कीर्गिस्तानसंग प्रतिस्पर्धा गर्नेछ ।

३१ सदस्यीय टिममा अटाएका खेलाडीको सूचि यस प्रकार छ :

गोलकिपरमा विशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी र पुजन होना छन् ।

डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, अशिम गरुङ, एन्जल महर्जन, नविन गुरुङ, रोशन दोङ, विकास खवास, योगेश गुरुङ, विजय श्रेष्ठ, निराजन महर्जन छन् ।

मिडफिल्डमा दर्शन गुरुङ, शिशिर लेखी, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, जय गूरुङ, मनिष थापा, नितिन थापा, अनिल महर्जन र दिनेश हेम्जन छन् ।

फरवार्डमा ब्रिजेश चौधरी, निरज चौधरी, मनिष डाँगी, राजिव लोप्चन, रेजिन सुब्बा र दिपेश आले मगर रहेको छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री