चीनको आर्थिक बृद्धि २७ वर्ष यताकै कमजोर

काठमाडौं । चीनको आर्थिक बृद्धि दर २७ वर्ष यताकै ससबैभन्दा कमजोर भएको छ । सन् १९९०को दशकको शुरुदेखि अहिलेसम्मकै सबैभन्दा कम बृद्धि भएको पछिल्लो सरकारी आँकडाले देखाएको छ । सेप्टेम्बर सम्मको तीन महिनाको अवधीमा चीनको आर्थिक बृद्धि ६ प्रतिशत मात्रै बढेको बताइएको छ ।

जबकी अपेक्षा ६.१ हुने गरिएको थियो । यद्यपि चिनियाँ अधिकारीहरुले यो आर्थिक बृद्धि बार्षिक ‘टार्गेट रेन्ज’ भित्रै रहेको जनाएको ग्लोबल टाइम्सले जनाएको छ । बीबीसीले चीनको पछिल्लो  तथ्यांकले उसको  अर्थतन्त्रलाई  अमेरिकासँगको व्यापार युद्धले असर गरेको जनाएको छ ।

रोयटर्सको तथ्यांकअनुसार चीनको अहिलेको बृद्धि सन् १९९२ यताकै सबैभन्दा कम हो । चीनको आर्थिक बृद्धिमा सबैभन्दा कम बृद्धिको असर विश्वव्यापी अर्थतन्त्रमा पर्न सक्ने जनाइएको छ । –एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो

काठमाडौं । सेन्साई ब्राण्डको एयर कुलरहरूको माग अत्यधिक बढ्दै गएको छ । कम्पनीका अनुसार गर्मी …

प्रतिकृया दिनुहॊस