पूर्णिमा र भार्गवलाई प्राप्ति गरेपछि शाइन रेसुङ्गाद्धारा एकीकृत कारोबार शुरु

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पूर्णिमा विकास बैंक तथा भार्गव विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गरेर असोज २७ गतेदेखि एकीकृत कारोबार शुरु गरेको छ । एक्विजिशन पश्चात शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भएको छ ।

शाइन रेसुङ्गाले रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंक र बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको भार्गव विकास बैंकलाई एकआपसमा गाभेर आजदेखि एकीकृत कारोवार सञ्चालन गरेको हो ।

यहि मितिबाट लागू हुने गरी बैंकको सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ६ जना नियुक्त भएका छन् । यीमध्ये संस्थापक सेयरधनीको तर्फबाट अध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । यससँगै सञ्चालकमा थानेश्वर पौडेल, डा. ताराप्रसाद उपाध्याय, ई. सुरज उप्रेती, मोहन चापागाई, सुर्दशन गौतम नियुक्त भएका छन् ।

१० जिल्ला कार्यक्षेत्र रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड, ३ जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा विकास बैंक लिमिटेड र ५ जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडको एक्विजिशन पश्चात बैंकको शाखा सञ्जाल ७१ पुगेको बैंकले जानकारी दिएकाे छ । बैंकको चुक्ता पूंजी २ अर्ब ६२ करोड, निक्षेप परिचालन २६ अर्ब ८७ करोड, कर्जा लगानी २३ अर्ब ८१ करोड रूपैयाँ पुगेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ विकास बैंकद्वारा ग्रीण हाइड्रोजन इन्धनको अनुसन्धानका लागि काठमाडौं विश्वविधालय सँग सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुग्ने उद्देश्यले ग्रीण हाइड्रोजन इन्धनको अनुसन्धानका लागि …

प्रतिकृया दिनुहॊस