रसुवा । चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणको ४५ प्रतिशत काम सकिएको छ । रसुवाको माथिल्लो क्षेत्रमा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणमा जोड्नका लागि लाइन निर्माण गरिएको हो ।
आयोजनाका अनुसार अहिले जग्गा अधिग्रहण, मुआब्जा वितरण गर्ने काम सकिएको छ भने प्रसारण लाइनको डिजाइनको काम अन्तिम चरणमा पुगेको छ ।
जिल्लाको हाकु र तिरुमा १५ वटा टावरको उत्खननको काम सकिएको आयोजना प्रमुख सुभारम्भ विक्रम शाहले बताए । गोल्जुङदेखि मैलुङसम्म २२० केभी डबल सर्किट र मैलुङदेखि त्रिशूली थ्रीबीको हबसम्म ‘फोर सर्किट’ प्रसारण लाइन निर्माण हुने छ । गोल्जुङदेखि थ्रीबी हबसम्म ७८ वटा टावर रहने बताइएको छ ।
तपाईंको प्रतिकृया



