काठमाडौं । एकै मारमा राँगो छिनाउन नसक्दा म्याग्दीको रघुगंगा गाउँपालिका–२ नाङनागेका रामप्रसाद खत्रीले २ लाख ८८ हजार रुपैयाँ गुमाएका छन् ।
दसैँको नवमीका दिन राखु भगवती कोत मन्दिरमा बली चढाइने सरकारी राँगो एकै मारमा छिनाउने दाबी गर्दै खत्रीले २ लाख ८८ हजार बाजी थापेका थिए । यो खबर आजको कान्तिपुर दैनिकमा म्याग्दीबाट घनश्याम खड्काले लेखेका छन् ।
तर, लक्ष्य चुकेपछि खत्रीले रकम गुमाउनु परेको छ । नवमीमा बली दिइने राँगो मार हान्न कालरात्रिमै सर्वसाधारणले रकम कबोल्ने गर्छन् । खत्रीबाहेक अन्य ८ प्रतिस्पर्धीले २ लाख ८५ हजार रुपैयाँसम्म कबोलेका थिए ।
उनले राँगो छिनाएको भए फेटा र पैसाको माला लगाई आफन्तले गाउँ परिक्रम गराउँथे । उनले कबोलकै बराबरको रकम पनि उठ्न सक्थ्यो । कबोलेको रकम मन्दिर व्यवस्थापन समितिलाई बुझाएपछि मात्रै मार हान्न पाइन्छ ।
तपाईंको प्रतिकृया



