चिनियाँ राष्ट्रपति नेपाल आउँदा तीन घण्टा सवारी साधन नचल्ने

काठमाडौं । आगामी शनिबारदेखि हुने चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई लिएर सुरक्षा निगरानी बढाइएको छ । सी भ्रमणका बेला हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको हो ।

उनको भ्रमणलाई लिएर नेपाली सेना समेत परिचालन गरिएको छ । दुई दिने नेपाल भ्रमणमा रहने राष्ट्रपति सीलाई उच्च सुरक्षासहित सोल्टी होटलमा राखिने छ । सी नेपाल उत्रनासाथ साल्टी होटेल पुगेर सिधै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सितलनिवास पुग्ने कार्यक्रम छ । यो समयमा करिव ३ घण्टा सवारी आवागमन ठप्प हुने स्रोतले जनाएको छ ।

दुई दिने नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपति शनिबार नेपाल आउँदैछन् । चिनियाँ राष्ट्रपतिको भ्रमण तय भएपछि पराष्ट्रमन्त्रालय तीव्र तयारीमा जुटेको छ । बुधबारमात्रै परराष्ट्र मन्त्रालयले भ्रमण तालिका सार्वजनिक गरेको थियो । बुधबार नै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीको भ्रमण तालिकाबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई ब्रिफिङ गरेका थिए ।

दुई दिने नेपाल भ्रमणका क्रममा सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी हिनामिनामा छानबिन गर्न राप्रपाको माग, हाम्रा सांसदलाई पनि नछोड्नू

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीकी प्रतिनिधिसभा सांसद गीता बस्नेत जोडिएको सहकारी बचत …

प्रतिकृया दिनुहॊस