आधुनिक बन्यो विद्युत् भार प्रेषण केन्द्र

काठमाडाैं । मुलुकभरको विद्युत् व्यवस्थापन र नियन्त्रण गर्ने भार प्रेषण केन्द (एलडीसी) अत्याधुनिक बनेको छ । २०७२ वैशाखको विनाशकारी भूकम्पबाट क्षति पुगेको केन्द्रको पुनस्र्थापना तथा स्तरोन्नती गरी अत्याधुनिक बनाइएको हो ।

काठमाडौंको स्यूचाटारमा रहेको अत्याधुनिक केन्द्रको शुक्रबार ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र जर्मनीका मन्त्री नोरर्बेट बार्थलेले उद्घाटन गरेका हुन् । कम्युटरमा आधारित सुपरिवेक्षणीय नियन्त्रण तथा डाटा प्राप्ति (स्काडा)को पछिल्लो नयाँ भर्सन प्रयोग गरिएकाले केन्द्रबाट मुलुकको एकीकृत विद्युत प्रणालीलाई नियन्त्रण गरी प्रभावकारी रुपमा संचालन गर्न सकिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘पुरानो प्रविधि र उपकरण प्रयोग गर्दा विद्युत प्रणाली प्रभावकारी रुपमा संचालनमा समस्या थियो’ घिसिङले भने ‘अव सर्भर,मोनिटर लगायत हार्डवेयर र सफ्टवेयरमा पछिल्लो प्रविधि प्रयोग गरिएको छ, यसको प्रभावकारी संचालनबाट विद्युत प्रणालीको विश्वसनीयता, स्थायित्व र सुरक्षा बढाउँदै गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित हुने छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस