विप्लवका जिल्ला इन्चार्ज र जिल्ला सेक्रेटरीले गरे आत्मसमर्पण

काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’का महोत्तरी जिल्ला इन्चार्जसहित दुई जनाले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसमर्पण गरेका छन् ।

आत्मसमर्पण गर्नेमा विप्लव समूहका जिल्ला इन्चार्ज बर्दिबास नगरपालिका–२ का ३८ वर्षीय रूपेश भन्ने रुकबहादुर कार्की र जिल्ला सेक्रेटरी गौशाला नगरपालिका–८ कुशमारी बैलवासका ४६ वर्षीय भीमबहादुर आलेले शुक्रवार साँझ जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसर्पण गरेको हो ।

चन्दसमूहले गर्दै आएको क्रियाकलापमा हामीलाई चित नबुझेको भन्दै आजकै मितिदेखि उक्त समूह परित्याग गरी जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत नेपाल सरकारसमक्ष आत्मसमर्पण गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।

अब उप्रान्त हामीले नेपालको संविधान र प्रचलित कानूनविपरीतका कुनै पनि कार्य गर्ने गराउने छैनौँ र त्यस्तो कार्य गरे गराएको पाइएमा प्रचलित कानूनबमोजिम सजाय भोग्न तयार रहेको भन्दै लिखित रूपमा दुवै जनाले कागजातसमेत बनाएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई सीके राउतको आग्रह- ८४ मा एक्लै दुईतिहाइ ल्याउँछु भन्ने दिन गए, आउनुस् सँगै आन्दोलन गरौं

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम-२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै …

प्रतिकृया दिनुहॊस