खुकुरी प्रहार गरी ज्यान लिने तीनजना पक्राउ

दाङ । दाङमा प्रहरीले कर्तव्य ज्यान उद्योग मुद्दाका फरार ३ जना अभियुक्त पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी टोलीले तुलसीपुर-६ सुकौरा रोडबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा तुलसीपुर-६ का २३ वर्षीय दिपेश केसी, गुल्मी कुस्मा गाउँपालिकाका-२ का २५ वर्षीय आकाश केसी र तुलसीपुर-५ का पवन वली रहेका छन्।

उनीहरुविरुद्ध गत वर्ष २०७५ साल चैत १७ गते सल्यान रोड अरनिको खेलमैदान नजिक गणेश हमाललाई खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा मुद्दा चलिरहेको छ।  सुकौरा रोडमा उनीहरु लुकेर बसेको सूचनाका आधारमा प्रहरी हवल्दार देवबहादुर विकको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।  त्यसैगरी पक्राउ परेका ३ जनालाई थप कानूनी प्रक्रियाका लागि दशैं बिदा सकिएलगत्तै जिल्ला अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ। त्यसैगरी लागु औषधसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।  रोल्पा माडी गाँउपालिका-४ बस्ने वर्ष १८ वर्षीय शुनिल डिसीलाई पक्राउ गरेको हो ।

उनलाई ६ वटा पुरिया (प्लाष्टिकसहित २ ग्राम र धुलो पदार्थको मात्र तौल गर्दा १ ग्राम ७१० मिलिग्राम) ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद बिक्रम शाहले बताए ।  उनलाई घोराही उपमहानगरपालिका १४ मिलनचोक टोलमा लागु औषध ब्राउन सुगर विक्री वितरण गर्न हिँडेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ परिच्छेद ३ दफा २२ (ग) बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

श्रमिकका अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको माग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकका लागि सरकारले लागु गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न …

प्रतिकृया दिनुहॊस